क्यानडा-भारत विवादका कारण विद्यार्थीको अध्ययन अनुमतिमा ठूलो कटौती

एजेन्सी : गत वर्ष क्यानडा र भारतबीचको कूटनीतिक विवादका कारण क्यानडाबाट भारतीय विद्यार्थीलाई दिइने अनुमतिमा उल्लेख्य कमी आएको छ।
एक शीर्ष क्यानाडाली अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार २०२३ को अन्त्यमा भारतीय विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्यामा तीव्र गिरावट आएको हो।
दुई देशबीचको विवादका कारण भारतले क्यानाडेली कूटनीतिज्ञलाई हटाएपछि यो संख्या घटेको उनको भनाइ छ।
क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले एक अन्तर्वार्तामा भारतीय विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको संख्या चाँडै बढ्ने सम्भावना छैन।
जुनमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूसँग क्यानाडाली नागरिक र खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारी अधिकारीहरू संलग्न रहेको देखाउने बलियो प्रमाण रहेको बताएका थिए।
‘भारतसँगको हाम्रो सम्बन्धको तनावले भारतबाट आउने ठूलो संख्यामा आवेदनहरू प्रशोधन गर्ने हाम्रो क्षमतालाई निकै कम गरेको छ’, मिलरले भने।
अक्टोबरमा भारतको अनुरोधमा क्यानडाले ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको थियो।
माघ ३, २०८० बुधबार १०:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।