घाँस काट्न कुटमिरोको रुखमा चढेका उप्रेतीको लडेर मृत्यु

घाँस काट्न कुटमिरोको रुखमा चढेका उप्रेतीको लडेर मृत्यु

काठमाडौं : काभ्रेपलान्चोकको रोशी गाउँपालिका-६ सिपालीमा कुटमिरोको घाँस झार्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिपालीका ४७ वर्षीय हरि उप्रेती रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

आफ्नै घर नजिक बारीमा रहेको कुटमिरोको रुखमा चढी घाँस झार्ने क्रममा रुखबाट खसेर उप्रेती गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा मंगलबार बिहान पाँच बजे केएमसी अस्पताल लगिएको थियो।

केएमसी अस्पतालमा उनको विहान ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ ३, २०८० बुधबार ०९:१२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।