प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय प्रतियोगितामा आज दुई खेल हुँदैछन्।
आजको पहिलो खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थ रंगशालामा बिहान ९ बजे कर्णाली र लुम्बिनी प्रदेशबीच हुनेछ।
दोस्रो खेल विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच विहान सवा ९ बजे काठमाडौंंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।
हालसम्मको नतिजाअनुसार एपीएफ क्लब दुई खेलमा चार अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ।
यस्तै सुदूरपश्चिम प्रदेश दोस्रो, नेपाल पुलिस क्लब तेस्रो, त्रिभुवन आर्मी क्लब चौथो, लुम्बिनी प्रदेश पाँचौं स्थानमा छन्।
बागमती, मधेश र कर्णाली क्रमश: छैटौं, सातौं र आठौं स्थानमा हुँदा गण्डकी र कर्णाली अंकविहीन हुँदै क्रमश: नवौं दशौं स्थानमा छन्।
प्रधानमन्त्री कप पहिलोपटक राउन्ड रोबिनको आधानमा भइरहेको छ। यसअघि समूह चरणमा हुने गरेको थियो।
राउन्ड रोबिनको आधारमा खेल हुँदा खेलाडीहरूले धेरै खेल खेल्ने मौका पाएका छन्।
माघ ३, २०८० बुधबार ०७:२८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।