चार प्रदेशमा हल्का वर्षा र हिमपात हुने, बाँकी ठाउँको मौसम सफा

चार प्रदेशमा हल्का वर्षा र हिमपात हुने, बाँकी ठाउँको मौसम सफा

काठमाडौं : देशका केही भागमा बुधबार वर्षा र हिमपातको सम्भावना छ।

पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। 

यी चार प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यी चार प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत छ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ।

बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

माघ ३, २०८० बुधबार ०६:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।