तीन लाख धरौटीमा छुटे जलहरी भ्रष्टाचारका अभियुक्त थापा

तीन लाख धरौटीमा छुटे जलहरी भ्रष्टाचारका अभियुक्त थापा

काठमाडौँ : पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भ्रष्टाचार गरेको अभियोगमा निलम्बनमा परेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलन कुमार थापा ३ लाख धरौटीमा मुक्त भएका छन्।

विशेष अदालतले उनीसँग ३ लाख रुपैयाँ धरौटी मागेको थियो। उनी धरौटी बुझाएर मुक्त भएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मन्दिरको शिवलिंगमा सुनको जलहरी राख्दा भ्रष्टाचार गरेको दाबी गर्दै थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगोसहितको अभियोग पत्र दर्ता गराएको थियो।

भ्रष्टाचारको मुद्दा दायर भएपछि थापा निलम्बित भए। विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले उनीसँग ३ लाख रुपैयाँ धरौटी मागका थिए।

माघ २, २०८० मंगलबार २२:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।