आत्महत्याको प्रयास गरेकी युवतीको उद्धार गर्दा खुल्यो सामूहिक बलात्कार घटना

आत्महत्याको प्रयास गरेकी युवतीको उद्धार गर्दा खुल्यो सामूहिक बलात्कार घटना

काभ्रे : आत्महत्याको प्रयास गरेकी १९ वर्षिया युवतीको उद्धार गर्दा उनीमाथि सामूहिक बलात्कार भएको खुलेको छ। काभ्रेको पाँचखालको प्रहरीले स्थानीयको सूचनाको आधारमा आत्महत्या प्रयास गरेको ती युवतीको उद्धार गरेको थियो।

उद्धारपछि काउन्सिलिङकोक्रममा युवतीले आफूलाई केटाहरू मिलेर बलात्कार गरेकाले आत्महत्या गर्न लागेको बयान दिएपछि प्रहरीले उजुरी लिएर उनीहरूलाई पक्राउ गरेको हो।

युवतीका अनुसार युवती पाँचखालमा डेरामा बस्दै आएकी थिइन्। चार जना युवाहरूले उनलाई शिखरपुरको झाडीमा लगेर बलात्कार गरेका थिए। बलात्कारमा संलग्नको आरोपीमा १७ वर्षका युवक समेत छन्।

उनले पुस २७ गते साँझ २८ वर्षीय धिरज हमाल, घनश्याम श्रेष्ठ, अमर विक र १७ वर्षीय किशोरले बलात्कार गरेको जाहेरी दिएपछि चारै जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई अदालतमा पेस गरेर सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

माघ २, २०८० मंगलबार १९:२८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।