एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढी कारोबार फर्स्यौट
काठमाडौँ : नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस मसान्तको अन्तिम दिनमा ८४ अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ।
कम्पनीका अनुसार गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार, सङ्ख्याको आधारमा ६०% र रकमको आधारमा ७०% ले बढी हो।
कम्पनीका अनुसार एनसीएचएलका प्रणालीहरूमध्ये एनसिएचएल इसिसिएनसिएलएल, आइपिएस र आरएसपी मार्फत क्रमशः ४१ अर्ब,१४ अर्ब र २९ अर्ब बराबरको भुक्तानी कारोबार फर्स्यौट भएको हो।
विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै वेब, एप तथा गेटवे, कर्पोरेट पे, बैङ्क शाखा, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपिआइसँग जोडिएका विभिन्न च्यानलहरू मार्फत रियल टाइम भुक्तानीको सङ्ख्यामा अधिकतम वृद्धि भएको देखिन्छ।
त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसिएचएल आइपिएस र आरएसपी मार्फत १.६ अर्ब बराबरको राजस्व सङ्कलन तथा ६.८ अर्ब बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी कारोबारहरू भएका छन्।
एनसीएचएलका भुक्तानी प्रणालीमा डाइरेक्ट सदस्यका रूपमा ५३ बैङ्क-वित्तीय संस्थाहरू तथा इन्डाइरेक्ट-टेक्निकल सदस्यका रूपमा एक सय भन्दा बढी गैर–बैंकिङ्ग संस्थाहरू आबद्ध भई प्रयोग गर्दै आएका छन्।
माघ २, २०८० मंगलबार १९:१४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।