पहिचानको मुद्दालाई कांग्रेसले जति अरू कसैले उठाएका छैनन् : शेखर कोइरालाको
काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले नउठाएको दाबी गरेका छन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताए।
‘कांग्रेसले विगतदेखि नै द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने भन्दै आएको छ,’ उनले भने, ‘पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहीँ कतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ।’
उनले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताए।
देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचार विरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए।
माघ २, २०८० मंगलबार १७:५८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।