एक वर्षयताकै सर्वाधिक रकमको सेयर कारोबार, यी हुन् सेयर मूल्य बढेका ५ कम्पनी

एक वर्षयताकै सर्वाधिक रकमको सेयर कारोबार, यी हुन् सेयर मूल्य बढेका ५ कम्पनी

 

 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

नेप्सेका अनुसार आज नेप्से ५४.५४ अंकले बढेको छ। कारोबार रकम एक वर्षयताकै उच्च भएको आज आठ अर्ब दुई करोड ३८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

गत पुस ८ गते सात अर्ब ११ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ। परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ। यो ६ महिनायताकै उच्च विन्दु हो।

६ महिना अगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो। हिजो नेप्से २१२० विन्दु कायम थियो।

आज २१४ कम्पनीको सेयर मूल्य बढेको छ। नेप्सेका अनुसार आज बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्राइस्टक्चर एन्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

३१ कम्पनीको सेयर मूल्य घटेको छ।

दुई कम्पनीको सेयर मूल्य स्थिर छ। सेयर मूल्य स्थिर हुनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र साम्लिङ पावर कम्पनी छन्।

 

माघ २, २०८० मंगलबार १५:५१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।