प्रेम सुवालले प्रधानमन्त्रीलाई भने– विकास गर्न नसके राजीनामा दिनुस्

प्रेम सुवालले प्रधानमन्त्रीलाई भने– विकास गर्न नसके राजीनामा दिनुस्

 

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन्।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उनले प्रधानमन्त्रीलाई सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए।

नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवालले राणाशासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए।

उनले जनतालाई धोका दिएर सिंहदरबार ‘कब्जा’ गरेर नबस्न ‘चेतावनी’ दिए। उनले नेपालका प्रधानमन्त्रीसँग देश विकासको खाका नरहेको जिकिर गरे।

गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई ‘नर्क’ बनाएको उनको आरोप छ।

‘हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन। अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो– अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो – प्रधानमन्त्रीको भनाइ,’ उनले भने, ‘अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि, होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि!’

माघ २, २०८० मंगलबार १४:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।