फिफा वर्ष २०२३ को उत्कृष्ट खेलाडी अवार्ड मेस्सीको पोल्टामा

एजेन्सी : अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड हात पारेका छन्। मंगलबार बिहान लण्डनमा आयोजित कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो।
आठ पटक ‘बलोन डी ओर’ अवार्ड विजेता मेस्सीले तेस्रोपटक फिफा अवार्ड जितेका हुन्।
नर्वेका एर्लिङ हालाण्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड मेस्सीले जितेका हुन्। मेस्सी र हालाण्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान तथा विश्वभरका खेल पत्रकार र समर्थकको मतका आधारमा यो अवार्ड हात पारेका हुन्।
यता, केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए।
मेस्सीले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए। उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो।
यस्तै, आइटाना बोनमाटाले पहिलोपटक फिफाको उत्कृष्ट महिला खेलाडी अवार्ड हात पारेकी छिन्। ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए।
माघ २, २०८० मंगलबार १२:४४:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।