न्याय माग्न सर्वोच्च पुगेकी न्यायाधीश गिरीपत्नी पक्राउ

न्याय माग्न सर्वोच्च पुगेकी न्यायाधीश गिरीपत्नी पक्राउ

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी उनकी पत्नीलाई प्रहरीले नियन्त्रण लिएको छ। 

विरोध प्रदर्शनसहित सर्वोच्चको गेटभित्र प्रवेश गर्न खोजेपछि उनलाई गेटबाटै नियन्त्रणमा लिइएको हो।

प्रहरीले अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ।

गत शुक्रबार उनले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन्। त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो।

उनले आफ्ना श्रीमान् न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। उनले गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।

माघ २, २०८० मंगलबार १२:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।