भारतीय सीमा नजिकैको म्यानमारी शहर कब्जा गरेको विद्रोहीको दाबी

भारतीय सीमा नजिकैको म्यानमारी शहर कब्जा गरेको विद्रोहीको दाबी
अराकान सेना प्रमुख तवान मरत नाइङ

एजेन्सी : पश्चिमी म्यानमारका विद्रोहीहरूले महत्वपूर्ण शहर पलेटवालाई सेनाबाट कब्जा गरेको दाबी गरेका छन्।

यो शहर भारत-म्यानमारको एक महत्वपूर्ण सडकमा अवस्थित छ र भारतीय सीमा नजिक छ।

गत वर्ष अक्टोबरदेखि सेनाविरुद्ध जातीय विद्रोहीहरूले आक्रमण गरेका छन्।

अरकान आर्मी अर्थात् एए विद्रोहीको तीन समूह मध्ये एक हो। यो समूहले चीन राज्यको पलेटवा सहर आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

यो समूहले टेलिग्राम च्यानलमार्फत पूरै शहरमा सेना काउन्सिलको एउटा क्याम्प पनि बाँकी नरहेको बताएको छ।

यस विषयमा म्यानमारको सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

फेब्रुअरी २०२१ मा, सेनाले प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी म्यानमारमा सत्ता कब्जा गरेको थियो।

त्यसयता म्यानमारमा गृहयुद्ध चलिरहेको छ जसका कारण लाखौं मानिस विस्थापित भएका छन्।

माघ २, २०८० मंगलबार ११:०१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।