१२ वर्षको लागि एक अर्बको ‘एनआईबिएल स्टेवल फण्ड’ बिक्री हुँदै

१२ वर्षको लागि एक अर्बको ‘एनआईबिएल स्टेवल फण्ड’ बिक्री हुँदै

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निश्कासन २०८० माघ २ गतेबाट सुुरु भएको छ।

नेपाल धितोपत्र बोर्डबाट मंसिर २१ गतेबाट प्राप्त अनुमति अनुसार स्टेबल फण्डको सार्वजनिक निश्कासन गरिएको बैंकले जनाएको छ। १२ वर्षसम्म रकम जम्मा हुने यो योजना बन्दमुखी रहने र एक अर्बसम्मको रकम संकलन गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

योजनाको अवधिभर योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरूलाई दिनसक्ने प्रक्षेपण समेत गरेको छ।

सार्वजनिक निश्कासन माघ दुई गतेदेखि छिटोमा पाँच गतेसम्म र ढिलोमा १६ गतेसम्म रहनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन्।

माघ २, २०८० मंगलबार ०८:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।