विश्वकपअघि वेस्ट इन्डिजसँग दोस्रो वार्मअप खेल्दै नेपाल

विश्वकपअघि वेस्ट इन्डिजसँग दोस्रो वार्मअप खेल्दै नेपाल

काठमाडौं : १९ वर्षमुनिनको आईसीसी एकदिवसीय विश्वकपमा नेपालले आज दोस्रो वार्मअप खेल खेल्दैछ।

आईसीसीको तालिकाअनुसार नेपालले आज दिउँसो पौने २ बजे वेस्ट इन्डिजसँग दक्षिण अफ्रिकाको जोहान्सबर्गस्थित सेन्ट स्थिथिनास मेन ओभलमा खेल्दैछ।

यसअघि भएको आईसीसी तालिकाअनुसारको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गरेको थियो।

११५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाउँदा पानी परेपछि स्थगित खेलमा नेपाल डीएलएसबाट विजयी भएको थियो।

त्यसअघि पनि भएको अर्को अभ्यास खेलका क्रममा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको थियो। उक्त खेल भने आईसीसी कार्यतालिका अन्तर्गत थिएन।

जनवरी १९ अर्थात माघ ५ गतेबाट सुरू हुने १९ वर्षमुनिको विश्वकपमा नेपाल रहेको समूह डीमा न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्।

माघ २, २०८० मंगलबार ०७:५०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।