तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

तीन प्रदेशमा हल्का हिमपातको सम्भावना
सांकेतिक तस्बिर

काठमाडौं : देशका पहाडी भेगमा मंगलबार हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

महाशाखाका अनुसार दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

माघ २, २०८० मंगलबार ०७:१६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।