टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते

टुँडिखेलमा भीड अनियन्त्रित हुँदा ८ जना घाइते

 

काठमाडौं : काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएका छन्। 

आज मगर समुदायको माघे सङ्क्रान्ति र थारू जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेकाको भीड अनियन्त्रित भएको हो। त्यस क्रममा भागदौड हुँदा अहिलेसम्म ८ जना घाइते भइसकेका छन्।

उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ। भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो।

आज टुँडिखेलमा मगर र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए।

माघ १, २०८० सोमबार १६:५५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।