ललितपुरमा इनारमा खसेकी महिलाको उद्धारपछि पाटन अस्पतालमा उपचार हुँदै

ललितपुरमा इनारमा खसेकी महिलाको उद्धारपछि पाटन अस्पतालमा उपचार हुँदै

 

काठमाडौं : ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ।

उद्धारपछि अहिले उनको पाटन अस्पतालमा उपचार भइरहेको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डीएसपी उमेश जोशीले जानकारी दिए।

उनले भने, ‘उनको उद्धार गरी पाटन अस्पताल लगिएको छ। उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। उहाँको हातखुट्टामा चोट लागेको हुनसक्छ।’

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीय न्युटन प्रधान आज बिहान इनारमा खसेकी थिइन्। बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन्।

स्थानीय प्रहरी टोलीले उद्धार गर्न नसकेपछि विपतको उद्धार टोली घटनास्थल पुगेकाे थियाे। प्रहरीले महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरेको थियो।

माघ १, २०८० सोमबार १४:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।