रोकिराखेको टिफरमा स्कुटर ठोकिँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

रोकिराखेको टिफरमा स्कुटर ठोकिँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ लामोसाँघुमा रोकिराखेको टिफरमा स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

खाडीचौरबाट लामोसाँघुतर्फ जाँदै गरेको प्र.३ ०२ ०१२ प ३७३७ नम्बरको स्कुटरले रोकिराखेको बा.प्र.०१ ००४ क ०११६ नम्बरको टिफरमा ठक्कर दिएको थियो।

मृत्यु हुनेमा भारतको सीतामडी घर भई खाडीचौरमा कपाल काट्ने २२ वर्षीय अर्जुन कुमार रहेका छन्। राति पौने दश बजे दुर्घटना भएको हो।

दुर्घटनामा बलेफी गाउँपालिका-७ बस्ने २२ वर्षीया हिना जिरेल घाइते भएकी छन्। शरीरको विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर छ।

उनलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएकोमा आईसीयूमा उपचार भइरहेको छ।

दुवै सवारी साधन र टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

माघ १, २०८० सोमबार १३:२१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।