इन्डिगो एयरलाइन्सको उडान ढिलो भएपछि यात्रुले कुटे पाइलट

इन्डिगो एयरलाइन्सको उडान ढिलो भएपछि यात्रुले कुटे पाइलट

एजेन्सी : इन्डिगोको विमानमा एक यात्रुले पाइलटमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा देखिए अनुसार पाइलटले विमानमा उडान ढिलो भएको घोषणा गरिरहँदा एकजना व्यक्ति दौडिएर उनलाई थप्पड हानेका छन्।

यसपछि, एक यात्रुले हस्तक्षेप गरेर व्यक्तिलाई फर्काउँछन्। यसै क्रममा आक्रमण गर्ने व्यक्तिले भन्छन्- ‘उडाउने हो भने उडा, नउडाउने हो भने ढोका खोल्, हामी झर्छौँ।’

भिडियोमा एक महिलाको आवाज सुनिएको छ, जहाँ भनिएको छ, ‘तपाईंले जे गर्नुभो त्यो गलत हो।’

दिल्लीबाट गोवाका लागि तय भएको उडान बाक्लो कुहिरोका कारण ढिला भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ।

VIDEO | An incident of a passenger assaulting an IndiGo pilot in the aircraft in Delhi when he announced flight delay was caught on camera.

The flight, which was delayed due to fog and low visibility, was scheduled from Delhi to Goa. IndiGo has filed a complaint regarding the… pic.twitter.com/inBHhKWkpK

— Press Trust of India (@PTI_News) January 15, 2024

आइतबार, दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र जिरो भिजिविलिटीका कारण धेरै उडानहरू घण्टौं ढिला उडेका थिए। धेरै उडान डाइभर्ट गरिएका थिए भने केहीको उडान नै रद्द भएको थियो।

हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार आइतबार खराब मौसमका कारण ४०० उडान ढिला भएको थियो, १० उडान डाइभर्ट गरिएको थियो र २० उडान रद्द गरिएको थियो।

दिल्ली-एनसीआर सहित उत्तर भारतमा कडा चिसो र बाक्लो कुहिरो छ। दिल्लीको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको छ।

भारतीय मौसम विज्ञान विभागको अनुमान अनुसार आगामी दुई दिन दिल्लीमा बाक्लो कुहिरो र शीतलहरको सम्भावना छ। कुहिरो जनवरी २० सम्म जारी रहनेछ।

माघ १, २०८० सोमबार ११:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।