अनुप र उत्तमको मुख्य भूमिकामा ‘म्याउँ’ घोषणा

अनुप र उत्तमको मुख्य भूमिकामा ‘म्याउँ’ घोषणा

काठमाडौं : अभिनेताद्वय अनुपविक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ।

माघे संक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ। अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो चलचित्रलाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ।

जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए।

दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन्।

साई चर्चित चलचित्र 'कान्तारा'को गीत 'बराह रूपम' र पद्मलता चलचित्र 'थानी ओरूभन'को 'कान्नाला कान्नाला' गीतबाट चिनिन्छन्।

दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने 'म्याउँ'मा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन्।

यस चलचित्र चीनमा पनि रिलिज हुनेछ। जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. चलचित्रमा आबद्ध भइसकेको छ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन्।

भुटानी चलचित्रमा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ। यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ।

माघ १, २०८० सोमबार १०:५१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।