रोयल इन्फिल्डको लेडी बाइकर्स राइड

रोयल इन्फिल्डको लेडी बाइकर्स राइड

काठमाडौं : रोयल इन्फिल्डको लेडि बाइकर्स राइड आयोजना गरेको छ।

रोयल इन्फिल्डका लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले इन्स्पायर इन्क्लुजन भन्ने मुल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड’ कार्यक्रम आयोजना गरेको हो।

राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडी बाइकर्स सहभागी भएका थिए।

पुष २८ गते बिहान ८ः३० बजे रोयल इन्फिल्डको शोरूम टेकु बाट सुरु भएको यो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला,, चावहिल, बौद्ध, जोरपाटी हुँदै ग्राण्ड नोरलिङ रिर्सोट गोकर्ण सम्मको रहेको थियो।

नोरलिङ रिसोटमा लेडि राइडर्सबीच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन र म्युजिकल चियर कम्पिटिसन भएको थियो।

बाइक पुशमा प्रशंसा थापा, हेल्म्मेट टावरमा श्रृजना भट्ट र म्युजिकल चियरमा वर्षा कार्की विजयी भए।

सहभागी एवं विजेतालाई प्रमाण पत्रको साथमा रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिग पन्जा, पासपोर्ट होल्डर प्रदान गरिएको कम्पनीले जनाएको छ।

माघ १, २०८० सोमबार १०:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।