नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट
काठमाडौं : नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
उक्त अफर नेपालभर रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरूमा माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।
बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरू रहेका छन्।
जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त विन्टर अफर हालसम्म बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरूमा उपलब्ध छन्।
बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ।
ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।
माघ १, २०८० सोमबार ०९:४५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।