लिग वानमा पिएसजीको जित, एमबाप्पेको गोल

लिग वानमा पिएसजीको जित, एमबाप्पेको गोल

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा आइतबार जित निकालेको छ।

पिएसजीले आइतबार १० खेलाडीमा सीमित लेन्सलाई २-० गोलले हराएको हो। पिएसजीलाई जित दिलाउन ब्राइली बार्कोला र केलियन एमबाप्पेले गोल गरेका थिए।

खेल सुरू भएको ७ मिनेटमा नै लेन्सले अग्रता लिने मौका पाएको थियो। तर टोलीले पेनाल्टीमा गोल गर्न सकेन।

खेलको ३०औं मिनेटमा एम्बाप्पेको पासमा बार्कोलाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्डको‌ सामना गरेपछि लेन्स १० खेलाडीमा सीमित भएको थियो।

खेल‌ सकिन‌ १ मिनेट बाँकी रहँदा एम्बाप्पेले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए। लिग वानमा त्यो‌ उनको १९ औं गोल हो।

१८ खेलमा ४३ अंकसहित पिएसजी तालिकाको शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको‌ नाइसको भन्दा पिएसजीको ८ अंक बढी छ।

लेन्स २६ अंकका साथ आठौं स्थानमा छ।

माघ १, २०८० सोमबार ०८:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।