दिल्ली र उत्तर भारतमा कुहिरोका कारण शून्य भिजिविलिटी, चार सय उडान डाइभर्ट
एजेन्सी : उत्तर भारतमा बाक्लो कुहिरोका कारण धेरै रेल र उडानहरू प्रभावित भएका छन्।
आइतबार ११ घण्टासम्म बाक्लो हुस्सुका कारण हजारौं यात्रु विमानस्थल र रेलवे स्टेशनमा घण्टौ पर्खिरहेका छन्।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार राति ३ बजेदेखि बिहान १०.३० बजेसम्म साढे सात घण्टासम्म शून्य भिजिबिलिटी रहेको कारण ४ सय उडान ढिलो भए भने १० उडान डाइभर्ट र २० उडान रद्द भएका छन्।
आइतबार ढिलो उड्ने धेरै उडानहरू मध्ये एक राहुल गान्धी र कांग्रेस नेताहरू बोकेको इन्डिगोको उडान थियो।
आइतबारदेखि राहुल गान्धीले मणिपुरबाट आफ्नो ‘भारत जोडो न्याय यात्रा’ सुरू गरेका छन्। खराब मौसमका कारण उनको उडान पनि ढिलो भएको थियो।
दिल्ली-एनसीआर सहित उत्तर भारतमा कडा चिसो र बाक्लो कुहिरो छ। दिल्लीको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको छ।
भारतीय मौसम विज्ञान विभागको अनुमान अनुसार आगामी दुई दिन दिल्लीमा बाक्लो कुहिरो र शीतलहरको सम्भावना छ। कुहिरो जनवरी २० सम्म जारी रहनेछ।
यद्यपि कति उडानहरू रद्द गरियो र कति ढिलाइ भयो भन्ने कुनै तथ्याङ्क जारी गरिएको छैन। दिल्ली एयरपोर्ट वेबसाइटका अनुसार आइतबार कुल २०० उडानहरू डाइभर्ट गरियो र १० रद्द गरियो।
जयपुरबाट उडान भर्ने १० उडानको रुट परिवर्तन गरिएको छ।
साथै, उत्तर रेलवेले राजधानीबाट आएका वा राजधानीतर्फ जाने २२ रेलहरू आइतबार ढिलो गरी चलेको बताएको छ।
माघ १, २०८० सोमबार ०८:३८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।