बोर्डको कार्यसम्पादनप्रति भुवन केसी असन्तुष्ट, एक साताभित्र प्रतिवेदन पेश गर्न कर्मचारीलाई निर्देशन
काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले मातहतका कर्मचारीको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार बोर्डका अधिकृतहरूसँग चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक कार्यसम्पादनको कार्ययोजना प्रगति विवरण हेरेपछि अध्यक्ष केसीले असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले अधिकृतहरूलाई कार्य सम्पादनमा सुधार ल्याउन, कामकाजमा तीव्रता ल्याउन र आफ्नो जिम्मेवारी एवं कर्तव्य निष्ठापूर्वक पूरा गर्न निर्देशन दिए।
साथै उनले बोर्डले लक्षित प्रगति हासिल गर्न नसक्नुका वस्तुगत कारणसहित एक साताभित्र शाखागत प्रतिवेदन पेश गर्नसमेत निर्देशन दिए।
माघ १, २०८० सोमबार ०८:२४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।