पीएम कपमा एपीएफले बागमतीलाई हरायो

पीएम कपमा एपीएफले बागमतीलाई हरायो

काठमाडौँ : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय टोली एपीएफले बागमती प्रदेशलाई हराएको छ। बागमतीको यो दोस्रो हार हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा एपीएफसँग बागमती ८९ रनले पराजित भयो।

एपीएफले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो। जवाफमा बागमती प्रदेशले १ सय ५२ रनमा समेटियो।

सुरुदेखि नै दबाबमा आएको बागमती प्रदेशका लागि कप्तान रित गौतमले अर्ध शतक प्रहार गरे पनि त्यसले जीत दिलाउन सकेन। आशुतोष गररियाले ४१ रन बनाएका थिए।

इशान पाण्डे शून्य रनमा आउट भए। दोस्रो विकेटको रूपमा आशुतोष ४१ रन बनाएर आउट भए। उनले ५ चौका प्रहार गरेका थिए।

बागमतीलाई रोक्नेक्रममा नेपाली टिमका र एपीएफका कप्तानसमेत रहेका रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए। मौसम ढकाल र अविनाश बोहोराले दुई दुई विकेट लिए भने पूर्ण विक र भुवन कार्कीले एक-एक विकेट लिएका थिए। 

पुष २९, २०८० आइतबार १८:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।