सर्वोच्च अगाडि न्यायाधीश गिरी पत्नीद्वारा आत्मदाहको प्रयास

सर्वोच्च अगाडि न्यायाधीश गिरी पत्नीद्वारा आत्मदाहको प्रयास

काठमाडौं : न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन्।

आज दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएको प्रहरीले जनाएको छ। उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो। उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ती महिलाले आफ्ना श्रीमान न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।

पुष २९, २०८० आइतबार १४:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।