गभर्नरको नाममा नक्कली ह्वाट्सएप खाता, विभिन्न व्यक्तिसँग संवाद

गभर्नरको नाममा नक्कली ह्वाट्सएप खाता, विभिन्न व्यक्तिसँग संवाद

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको नाममा नक्कली ह्वाट्स एप खाता खोलेर विभिन्न व्यक्तिसँग कुराकानी भएको खुलेको छ।

नेपाल राष्ट्र बैङ्कले नै यसबारे सार्वजनिक गरेको हो। राष्ट्र बैङ्कले अधिकारीको नाममा बनाइएको नक्कली ह्वाट्स एपको स्क्रिनसट सार्वजनिक गर्दै अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको’ उल्लेख गरेको छ।

बैकले केन्द्रीय बैङ्कले सो फेक आइडी र संवादबाट सजग आग्रह गरेको छ। 

पुष २९, २०८० आइतबार १३:५९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।