भोलिदेखि मेलम्चीको पानी काठमाडौंमा

भोलिदेखि मेलम्चीको पानी काठमाडौंमा

 

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पानी भोलिदेखि काठमाडौंमा पुनः वितरण सुरू गरिने भएको छ।

अस्थायी प्रणालीबाट काठमाडौं ल्याइएको पानी पुन: वितरणको शुभारम्भ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले माघे सङ्क्रान्ति अर्थात् भोलिदेखि काठमाडौं उपत्यकाबासीको लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको बताएको छ। समितिका अनुसार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ।

पहिलो दिन भोलि अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरू हुने छ।

बाढी पहिरोका कारण संरचनामा क्षति पुगेपछि अवरुद्ध बनेको मेलम्चीको पानी अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि बुधबार साँझदेखि पुनः काठमाडौंमा पथान्तरण गरिएको थियो।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले बताए।

पुष २९, २०८० आइतबार ११:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।