बालुवाटारमा गठबन्धन बैठक जारी, यी हुन् छलफलका विषय

बालुवाटारमा गठबन्धन बैठक जारी, यी हुन् छलफलका विषय

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषय सहित समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ।

यस्तै, सरकारले आगामी संसद अधिवेशनबाट संक्रमणकालिन न्याय सम्बन्धी (टीआरसी विधेयक) पास गर्ने तयारी गरिरहेको छ।

आजको बैठकमा यस विषयमाथि पनि छलफल हुने गठबन्धनका नेताहरूले बताएका छन्।

पुष २९, २०८० आइतबार १०:३९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।