आजको मौसम: तराईमा हुस्सु/कुहिरो, कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली

आजको मौसम: तराईमा हुस्सु/कुहिरो, कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका अधिकांश स्थानहरू हुस्सु/कुहिरोले ढाकेको महाशाखाले बताएको छ।

महाशाखाका अनुसार आक दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

पुष २९, २०८० आइतबार ०८:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।