माओवादीले फागुनमा तीन दिन विधान अधिवेशन गर्ने

माओवादीले फागुनमा तीन दिन विधान अधिवेशन गर्ने

काठमाडौँ : माओवादी केन्द्रले फागुन १ गतेदेखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ। शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशनको मिति तय गरेको हो।

केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकको मुख्य एजेन्डा विधान सम्मेलन नै थियो। फागुनको १, २ र ३ मा अधिवेशन गर्ने निर्णयसँगै त्यसका लागि प्रतिनिधि छान्ने क्षेत्र बनाइसकेको उनले बताए।

पुष २८, २०८० शनिबार १९:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।