लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याउनुपर्नेमा जोड
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गनुपर्ने बताएका छन्।
आज नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा उनले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए।
उनले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसाबको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए।
उनले व्यवसायीलाई प्रत्येक दुई÷दुई वर्षमा सिआइपी दिने गरे पनि लबिङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए। उनले छिटोभन्दा छिटो निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए।
उनले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए।
पुष २८, २०८० शनिबार १७:०९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।