राष्ट्रियसभा निर्वाचन : आठ राजनीतिक दलका ५१ उमेदवारलाई निर्वाचन चिह्न प्रदान

राष्ट्रियसभा निर्वाचन : आठ राजनीतिक दलका ५१ उमेदवारलाई निर्वाचन चिह्न प्रदान

 

काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

निर्वाचन आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको हो।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन्। आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन्।

पुष २८, २०८० शनिबार १४:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।