यस्तो छ साताको सेयर बजार

यस्तो छ साताको सेयर बजार

काठमाडौं : यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९.७१ अंक बढेको छ।

सातामा दुई दिन घट्दै तीन दिन बढेको नेप्से समग्रमा १.९४ प्रतिशत बढेर बन्द भएको हो। २०४९ अंकबाट कारोबार सुरू भएर १.९४ प्रतिशत घटे सँगै यो साता परिसूचक २०८८.९९ अंकमा पुगेर रोकिएको छ।

सातामा ५ दिन कारोबार भएको नेप्से परिसूचक आइतबार २६.३६ अंकले घटेको थियो।

यस्तै, साताको अन्तिम दिन अर्थात् बिहीबार ०.६२ अंकले परिसूचक खुम्चेको थियो।  सोमबार ३६, मङ्गलबार २० र बुधबार ९ अंकले परिसूचक बढेको थियो।

परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ। गतसाता २२ अर्ब ७० करोड रूपैयाँ बराबरको कारोबार भएको नेप्सेमा यो साता २५ अर्ब ५० करोड रूपैयाँको कारोबार भएको छ।

यो औसतमा दैनिक ५ अर्ब १० करोड रूपैयाँभन्दा बढीको कारोबार हो।

यस्तै, नेप्सेको कूल बजार पुँजीकरण समेत बढेको छ। ३.०७ प्रतिशतले बजार पुँजीकरण बढेसँगै ३२ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ। गत साता नेप्सेको पुँजीकरण ३१ खर्ब ८३ अर्ब रूपैयाँ थियो। नेप्सेको बजार पुँजीकरणमा ९७ अर्बको वृद्धि आएको हो।

पुष २८, २०८० शनिबार १३:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।