प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई पुलिसले दियो २८३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई पुलिसले दियो २८३ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २८३ रनको लक्ष्य दिएको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो।

उसका लागि रसिद खानले अविजित रहँदै १०६ रन बनाए। ११२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का प्रहार गरे।

आरिफ शेखले ५७ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए। अर्जुन साउद र सुनिल धमलाले समान २०÷२० रन जोडे।

बागमतीका रिजन ढकाल र सूर्य तामाङले समान तीन–तीन विकेट लिए।

पुष २८, २०८० शनिबार १३:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।