प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेश १२७ रनमै अलआउट
काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा कोशी प्रदेश १२७ रनमा अलआउट भएको छ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कोशीले ४१ ओभरमा अलआउट भएर १२७ रनमा समेटियो।
उसका लागि कप्तान अंकित सुवेदीले ४० र फिरोदी गहतराजले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मधेशका प्रदीप पासवानले तीन, पवन शर्राफ, रञ्जित कुमार र राजेश यादवले समान दुई–दुई विकेट लिए। विशाल पटेलले एक विकेट हात पारे।
मधेश प्रदेशले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
पुष २८, २०८० शनिबार १२:२०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।