ओमोडाको फ्युचरिस्टिक फ्लागसिप मोडल ‘ओमोडा ई५’ लाइभबाट सार्वजनिक

ओमोडाको फ्युचरिस्टिक फ्लागसिप मोडल ‘ओमोडा ई५’ लाइभबाट सार्वजनिक

काठमाडौं : ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ इभी नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समूहले गत डिसेम्बर २८, २०२३ मा अनलाइन लाइभ-स्ट्रिम (प्रत्यक्ष्य प्रसारण) कार्यक्रम सञ्चालन गरेको छ।

ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनमा भएको थियो, जसमा शारडा समुहका विशिष्ट अतिथिहरू र मिडिया अनलाइन मार्फत उपस्थित थिए।

उक्त प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको ओमोडा ई५ प्रस्तुत गरिएको छ। ओमोडा ई५, नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुनेछ जुन यसका प्रतिस्पर्धीहरूमध्ये सेगमेन्टमा उत्कृष्ट छ।

६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर र ४३० किलोमिटरको दायरा प्रदान गर्दछ।

ओमोडा ई५ को एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन-दर्शनमा आधारित रहेको छ।

यसको एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड-मेट्रिक्स-टेललाइट, टी-आकारको डेटाइम-रनिङ-हेडलाइट ले उक्त डिजाइन सिद्धान्त दर्शाउँदछ।

उत्साहजनक एक्टेरियर डिजाइनको साथ, यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन प्रदान गर्दछ।

यो गाडीमा २८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ। ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गर्दछ।

पुष २८, २०८० शनिबार १२:०२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।