भालुबाङ बस दुर्घटना अपडेट: १० मृतककाे सनाखत, घाइतेको प्रभावकारी उपचारमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

भालुबाङ बस दुर्घटना अपडेट: १० मृतककाे सनाखत, घाइतेको प्रभावकारी उपचारमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौं : दाङको राप्ती गाउँपालिका-१ भालुबाङमा भएकाे बस दुर्घटनामा मृत्यु भएका थप एक जनाकाे सनाखत भएकाे छ।

चितवनकाे भरतपुर उपमहानगरपालिका- ३५ निवासी ३५ वर्षीय अनिल खड्काकाे सनाखत भएको इलाका प्रहरी कार्यालय, भालुबाङका प्रमुख उज्ज्वल बहादुर सिंहले जानकारी दिए।

यससँगै सनाखत हुनेकाे संख्या १० पुगेकाे छ। दुर्घटनामा दुई भारतीय र एक महिलासहित १२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ। १२ जना मृतकमध्ये अब दुई जनाको सनाखत हुन बाकी रहेको छ।

काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामी, बाँकेका २५ वर्षीय सञ्जय केसी, भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको दुर्घटनामा मृत्यु भएको छ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गएराति पुलबाट तल राप्ती नदीमा खस्दा १२ जनाकाे मृत्यु भएकाे छ भने २३ जना घाइते भएका छन्।

नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, भालुबाङले जनाएको छ।

यसैबीच, बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

 

 

 

दुर्घटनामा दुई भारतीय र एक महिलासहित १२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकमध्ये चार जनाको सनाखत हुन बाँकी छ।

मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो।

प्रहरीका अनुसार भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको पनि दुर्घटनामा मृत्यु भएको छ।

पुष २८, २०८० शनिबार १२:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।