एक सातासम्म काठमाडौंमा विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

एक सातासम्म काठमाडौंमा विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक साताका लागि चार घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले विभिन्न स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो।

आयोजनाले महाराजगञ्ज वितरण केन्द्र अन्तरगतको विद्युतीय लाइन भूमिगत गर्नका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

पुस २९ गते धापासी फिडर अन्तरगत ग्रिनल्याण्ड चोकदेखि दहालगौँडासम्म, माघ २ गते हेपाली फिडर अन्तरगत हेपाली हाडटदेखि दहालगौँडासम्म र माघ ३ गते ओम फिडर अन्तरगत चन्डोल बंशीधरमाग तथा धुम्बाराहीमा विद्युत् आपूर्ति बन्ह हुन लागेको हो।

यस्तै, माघ ४ गते गोंगबु फिडरअन्तरगत रानीबारी क्षेत्र, माघ ५ गते गोंगबु फिडर अन्तरगत नै वीरेन्द्र–ऐश्वर्य मार्गदेखि मित्रनगरसम्म र माघ ६ गते महाराजगञ्ज १ फिडर अन्तर्गत गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्म विद्युत् आपूर्ति बन्द हुँदैछ।

मौसम प्रतिकुल रहेमा सटडाउन नहुने आयोजनाले जनाएको छ।

पुष २८, २०८० शनिबार ११:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।