राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न दिइँदै

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले शनिबार निर्वाचन चिह्न प्रदान गर्दैछ।
बिहान १० देखि दिउँसो १ बजेसम्म सबै दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले सार्वजनिक गरेकाे कार्यतालिकामा उल्लेख छ।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि ५१ जना उमेदवारले प्रतिस्पर्धा गर्ने भएका छन्।
आयोगका अनुसार आठ राजनीतिक दलबाट ५२ जनाको उम्मेदवारी परे पनि एकजनाको उम्मेदवारी शुक्रबार फिर्ता भएको छ।
लुम्बिनी प्रदेशबाट मनोनयन दर्ता गराएका राप्रपाका निरञ्जनबहादुर थापाले उम्मेदवारी फिर्ता लिएका छन्।
यसमध्ये सातै प्रदेशमा महिलातर्फ १८, दलिततर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवारको मनोनयन दर्ता भएको छ।
पुष २८, २०८० शनिबार ०९:१४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।