बझाङमा मध्यराति भूकम्प

बझाङमा मध्यराति भूकम्प

काठमाडौं : बझाङमा मध्यराति भूकम्प गएको छ।

शुक्रबार राति ११:३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।

पुष २८, २०८० शनिबार ०८:२३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।