भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा १२ जनाको मृत्यु, आठ जनाको सनाखत
काठमाडौं : दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
दुर्घटनामा दुई भारतीय र एक महिलासहित १२ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ। मृतकमध्ये चार जनाको सनाखत हुन बाँकी छ।
मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो।
प्रहरीका अनुसार भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको पनि दुर्घटनामा मृत्यु भएको छ।
घाइते २३ मध्ये १४ जनाको कोहलपुर अस्पताल, ७ जनाको बुटवलमा र २ जनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र प्रहरीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।
पुष २८, २०८० शनिबार ०७:४६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।