प्रचण्ड, ओली र देउवा शीतल निवासमा : विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपति पौडेलको सुझाव

प्रचण्ड, ओली र देउवा शीतल निवासमा : विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपति पौडेलको सुझाव

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा 'मेरो तेरो' नभनी क्षमतावान् प्राज्ञ ल्याएर विश्वविद्यालय सुधारको अभियान सुरु गर्न प्रमुख तीन दलका नेताको ध्यानाकर्षण गराएका छन्।

सरकारले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। प्रधानमन्त्री प्रचण्डले समेत अब विश्वविद्यालयमा नियुक्ति गर्दा दलगत आधारमा नगरी क्षमताको आधारमा गर्ने सार्वजनिक रूपमा बताइसकेका छन्। तर शङ्काहरू भने कायमै छन्।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रवार शीतल निवासमा बोलाएर उनले विश्वविद्यालय सुधारमा गम्भीर हुन ध्यानाकर्षण गराएका हुन्।

भेटमा उनले सङ्घीयता कार्यान्वयन, सुशासनबारे समेत ध्यानाकर्षण गराएका थिए। सङ्घीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरू मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी  सुशासन कायम गर्न उनले नेताहरूको ध्यानाकर्षण गराएका थिए।

पुष २७, २०८० शुक्रबार १७:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।