शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

शिवम् सिमेन्ट्सले शेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको आठौं वार्षिक साधारण सभाले सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरेको हो।

आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले ३ करोड ३० लाख नगद लाभांश दिन लागेको कम्पनीले जनाएको छ।

हाल कम्पनीको अधिकृत पुँजी सात अर्ब र जारी तथा चुक्ता पूँजी ४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतकाका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ।

पुष २७, २०८० शुक्रबार १४:१७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।