रेड सागरमा हुथीको आक्रमणपछि टेस्लाको उत्पादन कटौती
एजेन्सी : विद्युतीय सवारी साधन निर्माता टेस्लाको उत्पादन कटौती गरेको छ।
रेड सागरमा सवार व्यापारिक जहाजमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण उत्पादनमा कटौती गर्नुपरेको कम्पनीले जनाएको छ।
आक्रमणका कारण यातायातको मार्ग परिवर्तन गर्न बाध्य भएको र यसले उत्पादनमा असर परेको हो।
कम्पनीले स्पेयर पार्ट्सको आपूर्तिमा अवरोधका कारण बर्लिन नजिकै रहेको आफ्नो कारखानामा दुई साताका लागि उत्पादन बन्द गर्ने निर्णय गरेको छ।
रेड सागर मार्ग व्यापारिक ढुवानीका लागि महत्त्वपूर्ण छ। यस मार्गमा भएका आक्रमणले उपभोक्ताहरू मूल्यवृद्धिको मारमा पर्ने विश्लेषकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
विश्वभर मुद्रास्फीतिको बारेमा चिन्ता व्यक्त भइरहँदा यस्तो खबर आएको हो।
विश्वका लगभग एक चौथाई कन्टेनर जहाजहरू लाल सागर र स्वेज नहरलाई बाइपास गर्न र अफ्रिकाको लामो बाटो हिँड्न बाध्य छन्।
पुष २७, २०८० शुक्रबार १३:४८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।