सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं : साताको छैटौं दिन सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दा चाँदीमा १० रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ हुँदा चाँदीको मूल्य तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यो महिना सुनको मूल्य सबैभन्दा बढी १ लाख २२ हजार रुपैयाँसम्म पुगेको थियो भने सबैभन्दा १ लाख १७ हजार ८ सय रुपैयासम्म झरेको थियो।
पुष २७, २०८० शुक्रबार ११:०२:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।