अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिाकाले भन्यो- ‘इजरायलले गाजामा नरसंहार गर्दैछ’

अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिाकाले भन्यो- ‘इजरायलले गाजामा नरसंहार गर्दैछ’

एजेन्सी : अन्तर्राष्ट्रिय अदालतमा दक्षिण अफ्रिाकाले इजरायलविरुद्ध नरसंहार गरेको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्याय अदालतमा दक्षिण अफ्रिाकाका वकिलहरुले इजरायली सत्ताले गाजालाई पूर्ण रुपमा नष्ट गर्नको लागि निर्देशन दिइरहेको र नरसंहार गरिरहेको आरोप लगाएका हुन्।

दक्षिण अफ्रिकाले अदालतसँग इजरायललाई गाजामा गरिरहेको सैन्य कारबाही र नरसंहार रोक्ने आदेश दिनसमेत माग गरेको छ।

इजरायलको तर्फबाट वकिलहरुले शुक्रबार यस मुद्दामा जवाफी बहस गर्दैछन्। यद्यपि इजरायली सरकारले आफूविरुद्ध लाग्दै आएको आरोपलाई आधारहीन भन्दै आएको छ।

संयुक्त राष्ट्र संघको यो अदालतले यो मुद्दामा आफ्नो राय मात्र दिन सक्नेछ। उसको आदेश मान्नैपने बाध्यता इजरायललाई हुँदैन।

दक्षिण अफ्रिकाका वकिलहरुले इजरायलले जसरी गाजामा सैन्य कारबाही गरिरहेको छ, त्यसबाट उसको उदेश्य नरसंहार नै रहेको स्पष्ट देखिने बताएका छन्।

पुष २७, २०८० शुक्रबार ०९:३८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।