राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनअन्तर्गत आज अन्तिम नामावली प्रकाशित हुँदैछ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि आठ राजनीतिक दलका ५२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

ती उम्मेदवारले शुक्रबार नै नाम फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ।

अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यसूची छ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहनेछन्।

पुष २७, २०८० शुक्रबार ०९:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।